समाज

हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

असार ५, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी २२ वर्षीय रजनी विकको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।

    तीन दिन पहिले व्यथा लागेकी महिलाको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उद्धार गरिएको हो। उनको अवस्था जटिल भएपछि उद्धार गरेर कोहलपुर लगिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले विकट क्षेत्रका गर्भवती महिलाको उद्धारका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    हालसम्म छ जना गर्भवती महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]