समाज

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा २५ करोड भ्रष्टाचार!

महानिर्देशक सञ्जीव कर्णसहित १३ जना मुछिए, ६६ करोड बिगो माग

भ्रष्टाचार मुद्दा लागेका महानिर्देशक शर्मा । तस्बिर : फेसबुकबाट
असार ५, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद २४ करोड ८० लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    महानिर्शेक कर्णविरुद्धसहित ४ जनाविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो । त्यस्तै शाखा अधिकृत भगिरथ आचार्यविरुद्ध अख्तियारले ४ करोड १३ लााख ४९ हजार एक सय ८६ रुपैयाँ बिगो माग गर्दै मुद्दा चलाएको छ। 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चार प्रयोगशाला मोबाइल भ्यान खरिदमा कर्णसहितले यति ठुलो भ्रष्टाचार गरेको अख्तियारले जनानएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुले ती मेसिन कार्यालयमा दाखिला नै नगरी कमिशन खाएर कार्यालयमा प्राप्त भएको नक्कली कागज खडा गरेर यति ठुलो भ्रष्टाचार गरेका हुन्। 

    चारवटै मेसिन कार्यालयमा आउँदै नआइ ती मेसिनको रकम भुक्तानी भएको छ । भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको  उजुरी परेपछि अख्तियारले छानबिन थालेको छ। 

    अख्तियारका अनुसार ती मेसिन आपूर्ति गर्ने कमलादीस्थित पोर्डक्ट मेडिटेक इन्टरनेशनलले आपूर्ति गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र विभागको नाममा कायम भएका भ्यान र पार्टपूर्जा तथा रसायनसमेत स्वीकृत मापदण्ड पुरा नभएको पाइएको छ। 

    उनीहरुले ती मेसिन र सामानको चेकजाँचपछि गुणस्तरहीन भएको प्राविधिक प्रतिवेदनलाई पनि बेवास्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । उनीहरुले सप्लायर्ससँगको मिलेमतोमा नक्कली कागजात खडा गरेर चार थान प्रयोगशाला मोबाइल भ्यानका लागि दुई पटकमा २४ करोड ८० लाख ९५ हजार ११६ रुपैयाँ हिनामिना गरेको ठहर अख्तियारले गरेको छ। 

    यो हिनामिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायव सुब्बा गुरुदत्त गौतम र शाखा अधिकृत भागिरथ आचार्य संलग्न थिए। 

    त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईँ, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल पनि यो भ्रष्टाचारमा मुछिएका छन्। 

    अख्तियारले  पोर्डक्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रविण कुँवरविरुद्ध पनि बिगो दाबीसहित विशेष अदालतमा आरोप-पत्र दायर गरेको प्रवक्ता कोइरालाले जानकारी दिए ।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]