राजनीति

राजनीतिक दस्तावेजसहित विप्लवका कार्यकर्ता पक्राउ

असार ५, २०७६

    भक्तपुर : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक नेता भक्तपुरको सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटबाट पक्राउ गरेको छ।

    विप्लव नेतृत्वको नेकपा महाधिवेशन प्रतिनिधि रामेछापको दोरम्बा गाउँपालिका ६ स्थायी ठेगाना भएका ३६ वर्षीय अविलास भन्ने कुलदिप थापा मगरलाई प्रहरीले राजनीतिक दस्तावेजसहित पक्राउ गरेको हो।

    प्रहरीले थापामगरको साथबाट नेपाल कम्युनिष्ट  पार्टीको विधान, विप्लव माओवादीको महाधिवेशन प्रतिनिधि थापा मगर (अविलास) लेखिएको परिचयपत्र, नेपाल कम्युनिष्ट पार्टी लेखिएको आर्थिक सहयोग रसिद थान ८, आठौं महाधिवेशनमा प्रस्तुत एवं पारित विधान २०७३ लेखिएका किताव २ थान छन्।

    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीको लोगो भएको छाप, राजनीतिक प्रतिवेदन, विप्लवसम्बन्धी पर्चा पम्पलेट, आठ थान मोबाइल लगायतका सामान समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 

    थापामगरलाई भक्तपुर जिल्ला अदालतबाट राज्यविरुद्धको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पोखरेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]