समाज

बेपत्ता ९ जना यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

असार ५, २०७६

    सिमकोट : कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ९ जना बेपत्ताको पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ। 

    मंगलबार खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए। बेपत्ता जीप र शवको खोजी कार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयको माग अनुसार बेपत्ता भएका ९ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण राववले जानकारी दिए।

    जिप दुर्घटनामा यात्रुको शव नभेटिएपछि बिहीबार एउटै चितामा ४ जनाको पुत्ला बनाएर अन्त्येष्टि गरेको खार्पुनाथ गाउँपालिका  ५ का वडा अध्यक्ष भिमराज शाहीले बताए। बेपताका आफन्तहरूले हिन्दु परम्पराअनुसार कुश र परालको पुत्ला बनाएर अन्त्येष्टि गरेका हुन्। खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल, नन्दादेवि सिंह, बसन्ती शाही, गोकुल सुनारको पुत्ला बनाएर अन्त्येष्टि गरिएको हो। यसै गरी चन्द्र हमाल, जिप चालक मणि शाही, नैनसिंह भण्डारी, बसन्ती शाही, कौरा दमाई र उनको २ वर्षीय छोरालगायतकोको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

    जीप दुर्घटनामा बेपत्ता भएका ओल्डिङ मिस्त्री काठमाडौंका राजु श्रेष्ठ र एक जना नाम नखुलेकाकाे भने दाहसंस्कार गरिएको छैन। बुधबार अपरान्ह साढे १ बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि नभेटिए पछि हिन्दु धार्म अनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका ९ जनाको आज छुट्टाछुट्टै दाहसंस्कार गरेका छन। 

    अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पुत्लामा उनका पति धिरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन्। आफन्त र गाउँपालिकाका स्थानीयको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाएका छन् भने नेपाली कांग्रेसका जिल्ला सचिव मोहनविक्रम सिंहले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।  

    वेपताको खोजीमा गएको गोताखोर रित्तै फर्कियो

    बुधबार सेनाको MI -17 हेलिकोप्टरबाट कुरिनटारदेखि सशस्त्र प्रहरी निरीक्षक लक्षमण बस्नेतको नेतृत्वमा १० जना गोताखोर टोली हुम्ला पुगेको थियो। घटना स्थलमा खोजी कार्यमा पुगेका  गोताखोरको टोली शवको खोजी कार्य गरे पनि कर्णाली नदिको बाहवकै कारणले पत्ता नलगाएर फिर्ता भएको छ। 

    कर्णलीमा पानीको बहाव बढी हुनुकासाथै चिसो र धमिलो भएकै कारणले खोजी कार्यमा समस्या भएको बताएका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]