समाज

रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका मजदुरको उद्धार सुरु

फाइल तस्बिर
असार ६, २०७६

    रसुवा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिाएका १७ मजदुरको उद्धार कार्य सुरु भएको छ।

    बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको बिहानैदेखि उद्धार कार्य सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

    प्रजिअ भण्डारीका अनुसार सुरुङभित्र रहेका मजदुरहरुसँग सञ्चार सेटमा सम्पर्क भइरहेको छ। सबै सकुसल रहेको बताइएको छ। उद्धार टोलीमा स्वास्थ्य टोली पनि रहेका छन्। थुनिएका मजदुर बाहिर निस्किनबित्तिकै स्वास्थ्य परीक्षण गरिने प्रजिअ भण्डारीले जनाएका छन्।

    थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर छन्।

    पहिरो खसेर रसुवागढीको सुरूङमा थुनिए १५ मजदुर

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]