कामठाडौँ : स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्। ...
विश्वकप क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ। बिहिबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो। बंगलादेशका मुस्फिकर रहिमले शतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन्। अविजित रहेका उनले १०२ रन बनाए।
यस्तै ममुदउल्लाहले ६९ तथा तमिम इकबालले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै शकिब अल हसनले ४१ रन बनाउँदा लिटोन दासले २० रन बनाए।बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कल्टरले २/२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८१ रन बनाएको छ। अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले। १ सय ४७ बलको सामना गरेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा १ सय ६६ रन बनाए। यो जारी विश्वकपको सबैभन्दा धेरै रन हो।
यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। ग्लेन म्याक्स्वेलले ३२ रन बनाए। बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट हात पारे।
जितसंगै शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ। पाँचौ स्थानको बंगलादेशको यो तेस्रो हार हो। बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ। प्रतियोगिता अन्तर्गत आज आयोजक इंग्ल्याण्ड र श्रीलंकाबीच खेल हुने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।