छापा

त्रिविमा रजिस्टारको मनपरी, आफ्नाे बढुवा आफैले गर्ने

असार ६, २०७६

    काठमाडौं : कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्। पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ।

    त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।

    यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए तकालीन एमाले कोटाबाट। उनी एक महिनाअघि प्राध्यापकमा बढुवा भएका छन् भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

    उप्रेतीले बढुवा हुनुअघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले। उनले त्रिवि कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन्। उनी रजिस्ट्रार हुनुअघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनुपर्दथ्यो। तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगे।

    डिल्ली उप्रेती, चन्द्रमणि पौडेल र गीताभक्त जोशी रजिस्ट्रारमै रहँदा प्राध्यापकमा बढुवा भएका हुन्। गत वर्ष सभामार्फत उनकै प्रस्ताव पारित भयो। प्राध्यापकमा बढुवा हुन थुपै्र योग्यता हुनुपर्ने कार्यविधिमा छ। ती योग्यतामध्ये एक हो विद्यावारिधि (पीएचडी)। उप्रेतीले यही बुँदालाई आफू अनुकूल प्रयोग गरे। पीएचडी उपाधिधारी सहप्राध्यापकलाई अन्तर्वार्तामा दिइँदै आएको १२ नम्बरको सट्टा परिवर्तित कार्यविधिले ८ नम्बरमा झार्‍यो। यसो गर्दा अन्य पीएचडीवाला सहप्राध्यापक र पीएचडी नगरेका उप्रेतीले पाउने अंक बराबर भयो।

    ‘पीएचडीधारीलाई धेरै अंक दिने व्यवस्था भएको भए रजिस्ट्रारज्यूले भन्दा अर्का प्रतिस्पर्धीले धेरै नम्बर पाउँथे र बढुवा हुने सम्भावना पनि उनैको हुन्थ्यो’, त्रिविकै एक प्राध्यापकले भने, ‘रजिस्ट्रार नै प्रतिस्पर्धी भएपछि अन्य क्षेत्रमा पनि प्रभाव परिहाल्छ। अन्तर्वार्ता लिने व्यक्तिले पनि रजिस्ट्रारलाई छोडेर सामान्य पढाएर खाने प्राध्यापकलाई कसरी धेरै नम्बर देलान् र ?’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]