समाज

चितवनबाट ४१ बालबालिकाको उद्धार, ६ जना पक्राउ

असार ६, २०७६

    चितवन : राप्ती नगरपालिका–१३ का ४१ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुको जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उद्धार गरेको हो। 

    पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई अन्यत्र लैजाँदै गर्दा गोन्द्राङ प्रहरीले उद्धार गरेको हो। बालबालिकालाई निःशुल्क पढाउने भनी अभिभावकलाई प्रलोभनमा पारी लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। बालबालिकालाई लान प्रयोग गरिएको ग २ च ३६५७ र ग २ च १३६९ नम्बरको जिप र ६ जनालाई नियन्त्रणमा लिइएको छ।

    पक्राउ परेकाहरुले अभिभावकको अनुमतिमा गोरखाको सिरानचोकमा रहेको भद्रशील आधारभुत विद्यालयमा पढाउन लगिएको दाबी गरेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाइएको छ। 

    उद्धार गरिएका बालबालिका चारदेखि १५ वर्ष उमेर समूहको रहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र साहले जानकारी दिए। उनीहरुलाई राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्यबहादुर प्रजाको रोहवरमा सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]