काठमाडौँ : झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले ...
पर्सा : वीरगन्ज महानगरपालिका कुष्ठ रोगको उच्च प्रकोप रहेको तथ्य सार्वजनिक भएको छ। महानगरपालिका स्वास्थ्य विभागले बिहबार सार्वजनिक गरेको हो।
चालु आर्थिक बर्षको यो अवधिमा महानगरपालिकाका ३२ वडामा १२ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन्। यसअघि ४९ कुष्ठ रोगी रहेको महानगरपालिका स्वास्थ्य विभागका स्वास्थ्य अधिकृत कामेश्वर मिश्रले जानकारी दिए। यो सँगै कुष्ठ रोगीहरुको संख्या ६१ जना पुगेका छ।
नेपाल सरकारले प्रति १० हजारमा एक जनाभन्दा बढि कुष्ठरोगीको संख्या नहुनु पर्ने लक्ष्य राखेर कुष्ठ रोगीको खोजी र उपचार गरिरहेको छ। तर, कुल २ लाख ८० हजार जनसंख्या भएको महानगरपालिकामा २८ जनाभन्दा बढी नहुनु पर्ने भए पनि ६१ जना हुनु चिन्ताजक रहेको स्वास्थ्य अधिकृत मिश्रले बताए।
महानगरपालिकाका पाँचवटा वडामा भएका रोगीहरुलाई असार १५ पछि घरमै पुगी पहिलो चरणको औषध सेवन कार्यक्रम सुरु गर्ने बताइएको छ। जसमा साविकका अलौ, भवानीपुर, मनियारी, हरपतगन्ज र सुगौली विर्ता गाविसलाई छनौट गरिएको महानगरपालिकाले जनाएको छ।
कुष्ठ रोग सर्ने नसर्ने र चाँडो निको हुने तथा अलि ढिलो निको हुने खालका हुन्छन्। यो सबै कुरा पहिचान गरी आगामी वर्षसम्ममा केही कम गर्ने गरी कार्यसम्पादन गर्ने लक्ष्य लिएको स्वास्थ्य विभागका स्वास्थ्य अधिकृत मिश्रले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।