काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
संविधान संशोधन गर्न माग
काठमाडौं : समाजवादी पार्टी, नेपालको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ नभएको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले 'डराएर' बजेट ल्याएको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले भने, 'अर्थमन्त्री डराएको जस्तो लाग्यो। यता जाउँ कि, उता जाउँ भन्ने रूपमा बजेट प्रस्तुत गरेजस्तो लाग्यो।
वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो आउन नहुने थियो तर अहिले पनि त्यस्तै पाराको बजेट आएको भट्टराईको भनाइ थियो। उनले भने, 'विगतको भन्दा पछाडि हटेर बजेट आएको जस्तो लाग्यो।'
अहिलेको बजेट आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र विकास खर्च पनि बढाएर ल्याएको भए अर्थतन्त्रमा सही किसिमले प्रभाव पार्ने थियो भन्ने भट्टराईको भनाइ थियो।
बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उनको भनाइ थ यो। उनले भने, 'संरचनामा कुनै परिवर्तन आएन। त्यसमा कुनै खुसी रहनुपर्ने अवस्था छैन।'
आर्थिक वृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिनु राम्रो भए पनि तथ्यांक नै सबै कुरा नभएको भट्टराईको भनाइ थियो।
बजेटमा वैचारिक अस्पष्टता रहेको पनि भट्टराईको भनाइ थियो।
बजेटले उद्योगको विस्तारमा जोड दिएर परजिवी अर्थतन्त्रलाई अन्त्य गर्ने लक्ष्यसहित आएको भए राम्रो हुन्थ्यो भन्ने उनको भनाइ थियो।
आर्थिक वृद्धिमा भन्दा पनि वितरणमा जोड दिएको भन्दै भट्टराईले बजेटको आलोचना गरेका थिए। उनले नेपालले भारत र चीनको अर्थतन्त्रबाट फाइदा लिनुपर्ने धारणा राखेका थिए।
डा. भट्टराईले संविधान संशोधन गर्ने र मधेस तथा थारु आन्दोलनको छानबिन गर्नका लागि गठित सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
बजेट संघीयताअनुरुप नभएको उनले बताएका छन्। प्रदेश २ मा गरिबी धेरै भएको तर त्यसलाई निमिट्यान्न पार्नका लागि बजेट प्रयाप्त नरहेको उनको भनाइ थियो। गत वर्ष प्रदेश र स्थानीय तहलाई ३२ प्रतिशत विनियोजन गरिएकोमा यसवर्ष त्यो रकम २० प्रतिशतमा झर्नु प्रतिगामी भएको उनको भनाइ थियो। संघीय सरकारले केही हजारका योजना पर्नु लज्जास्पद भएको बताए।
युवाहरूलाई विदेश पठाउनमा जोड दिएकामा पनि भट्टराईको भनाइ थियो। उनले स्वदेशमा नै युवाहरूका लागि रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए। उनले कृषिमा पनि ध्यान नपुगेको पाइएको बताए। सिँचाइमा व्यापक परिवर्तन गरे मात्र कृषि क्रान्तिक हुने उनको सुझाव थियो। भौतिक र पूर्वाधारणमा लगानी गर्नुपर्ने उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।