राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबारेको पोस्ट देखाउँदै मन्त्री बाँस्कोटाले भने - कोठामा गएर एक्लै पढ्नुहोला

असार ६, २०७६

    काठमाडौं : 'मैले स्क्रिन सट लिएर आएको छु। हेर्नुस्, यो पढ्न मिल्छ? मेराबारे पनि यस्ता गाली तमाम लेखिएको छ। म पठाइदिउँला। आफ्नो श्रीमान्/श्रीमती, आमाबाबु र छोराछोरीसँग बसेर नपढ्नुहोला। कोठामा एक्लै गएर लेख्नुहोला...' तत्कालीन एमालेका महासचिव मदन भण्डारीको निधनसँग जोडेर फोटोसहित राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा लेखिएको फेसबुक पोस्ट देखाउँदै सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विकास तथा प्रविधि समितिमा भनेका शब्द हुन् यी। बाँस्कोटाले थपे, 'शेरबहादुर देउवाको बारेमा पनि यस्ता तमाम कुरा लेखिएका छन्।'

    सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा शुक्रबार मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। सामाजिक सञ्‍जालमा पोस्ट हुने यस्ता विषयलाई कानुनी नियन्त्रण गर्न उक्त विधेयक ल्याएको बाँस्कोटाले बताए। उनले सबै विषयमा व्यक्तिगत स्वतन्त्रता हरण गर्‍यो भनेर दुष्प्रचार नगर्न आग्रह गरेका थिए।

    गाली-बेइज्जती र छाडापन अभिव्यक्ति स्वतन्त्रता होइन : सञ्चारमन्त्री 
     

    उक्त विधेयकले व्यक्तिगत स्वतन्त्रता हनन गरेको भनेर प्रतिपक्षी कांग्रेसका सांसदले फरक मत राखेको प्रति लक्षित गर्दै मन्त्री बाँस्कोटाले सबै कुरामा यसरी अड्चन नहाल्न र अफवाह नफैलाउन आग्रह गरेका हुन्।

    सामाजिक सञ्‍जालबाट व्यापक रूपमा व्यक्तिगत लाञ्‍छना लगाउने, गाली बेइज्जती गर्ने, धम्की दिने जस्ता कार्य भएकाले उक्त विधेयकले त्यस्ता कार्य गर्नेलाई कानुनी उपचार गर्ने बाँस्कोटाको भनाइ थियो।

    बाँस्कोटाले राजनीतिक रूपमा आलोचना गर्ने स्वतन्त्रता रहेको तर भन्नै नसक्ने शब्द लेखिने भएकाले तिनमा नियन्त्रण र निस्तेज लगाउनका लागि विधेयक ल्याइएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]