खेलकुद

२० वर्षदेखि श्रीलंकालाई जित्‍न नसकेको इंग्ल्यान्ड

असार ६, २०७६

    विश्वकपको २७ औं खेलमा शुक्रबार आयोजक इंग्ल्यान्ड र श्रीलंका प्रतिस्‍पर्धा गर्दै छन्। इंग्ल्यान्ड विश्वकपका श्रीलंकाविरुद्धको खराब इतिहास अन्त गर्नका लागि मैदानमा हुनेछ। श्रीलंका विरुद्ध पछिल्ला तीन विश्वकप भिडन्तमा इंग्ल्यान्ड जितविहीन रहेको छ। उसले पछिल्लो पटक १९९९ को लर्डमा जित निकालेको थियो।

    उक्त समयमा इंग्ल्यान्ड टिम ८ विकेटले विजयी भएको थियो। त्यसपछि २००७ मा २ रन २०११ मा १० विकेट र २०१५ मा ९ विकेटले इंग्ल्यान्ड परापजित भएको थियो।

    यद्धपि, अहिलेको संस्करणमा इंग्ल्यान्ड सर्वाधिक लयमा रहेको टिममध्येमा पर्छ। ५ खेलमा उसले ८ अंक बटुलेको छ। इंग्ल्यान्डको धुन यो खेलमा जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा पुग्ने हुनेछ।

    दोस्रो श्रीलंका ५ खेलमा ४ अंक मात्र भएकाले अघिल्लो चरणको आशलाई कायम राख्न पनि जित निकाल्नै पर्ने दबाब हुनेछ। श्रीलंकाले एक खेलमा जित निकाल्दा दुई खेलमा वर्षा वाधक बनेको थियो।

    इंग्ल्यान्ड श्रीलंका हेड टु हेड

    दुई टिमबीच अहिलेसम्म ७४ एकदिवसीय खेल भएका छन्। जसमा इंग्ल्यान्डले ३६ जित निकाल्दा श्रीलंकाले ३५ खेलमा जित निकालेको छ। एक खेल बराबरी भएको थियो।

    दुई खेल नतिजा विहिन भएका थिए। विश्वकपको कुरा गर्दा श्रीलंका र इंग्ल्यान्ड बिच १० खेल भएका छन्। जसमा ६ मा इंग्ल्यान्ड र ४ खेलमा श्रीलंका विजयी भएको छ। इंग्ल्यान्डको मैदानमा दुवै टिमबीच अहिलेसम्म ३१ पटक प्रतिष्धपर्धा भएको छ।

    जसमा घरेलु टोली १६ पटक विजयी हूँदा पाहुना टोलकीको नाममा सिर्पm १३ जित रहेको छ। जसमा एक खेल बराबरी भएको छ र अर्को खेल नतिजा विहिन भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]