समाज : सुरक्षा/अपराध

डिएसपी हुँ भन्दै धाकधम्की दिने पक्राउ

असार ६, २०७६

    काठमाडौं : नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखी डिएसपी हुँ भन्दै धम्क्याउँदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं जोरपाटीमा डेर गरी बस्ने ३८ वर्षीय नारायण भन्ने भोला गौतम छन्।

    महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बौद्ध नयाँ बस्तीबाट बिहीबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनले विभिन्न व्यक्तिहरूलाई डिएसपी हुँ भन्दै धाक धम्की दिनुका साथै अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।

    हत्या गरी फरार अभियुक्त पक्राउ  

    पाँचथरको हिलिहाङ गाउँपालिका-६ सिटे भन्ने स्थानमा एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थामा कार्यरत २१ वर्षीया सुजाता तामाङलाई हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा हिलिहाङ-६ बस्ने १९ वर्षीय अस्मिन भन्ने घनेन्द्र लावती छन्।  उनी बिहीबार पक्राउ परेको ।

    गत जेठ ३ गते सुजाता तामाङको हत्या भएको घटनामा संलग्न फरार अभियुक्तको खोजी गर्ने क्रममा घटनामा संलग्न अभियुक्त लावतीलाई सोही गाउँपालिकामा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय समाचार शाखाले जनाएको छ।

    उनको साथबाट १ थान खुकुरी र हत्यापश्चात् लुटी लगेको नगद ८१ हजार ७० रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

        छुरा प्रहार गरी भाग्‍ने दुईजना पक्राउ 

     काठमाडौंको जडीबुटीमा सुवास बुढाथोकीलाई छुरा प्रहार गरी भागेका दुईजनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा कोटेश्वर बस्ने दोलखा गौरीमुढी-७ घर भएका १९ वर्षीय डिम्पल घिसिङ र काठमाडौं सिनामंगल बस्ने २० वर्षीय आशिष वयलकोटी रहेका छन्। घाइते बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]