समाज

धादिङमा जीप दुर्घटना, पाँचजनाको मृत्यु, १० जना घाइते (अपडेट)

असार ६, २०७६

    काठमाडौं : धादिङको गल्छी गाउँपालिका-६ बाँझगाउँमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा गल्छी गाउँपालिका-६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका- ४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।

    दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ।  घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर काठमाडौँ लगिएको छ । यो बोलेरो जीप माथिल्लो सडकबाट दुर्घटना भएर अर्को सडकमा बजारिएको थियो। 

    धादिङको बझगाउँमा जिप दुर्घटना 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]