अर्थ

दिगो विकासको लक्ष्य हासिल गर्न वार्षिक सवा २० खर्बको लगानी आवश्‍यक

असार ६, २०७६

    काठमाडौं : सन् २०३० मा नेपालले दिगो विकासको लक्ष्य हासिल गर्नको लागि नेपालले वार्षिक सवा २० खर्ब खर्ब २५ अर्ब) लगानी गर्नुपर्ने आवश्‍यकता देखिएको छ। गत वर्षसम्म वार्षिक १७ खर्ब रुपैयाँको लगानी अनुमान गरिएकोमा लगानी ग्यापको कारण वार्षिक तीन खर्ब रुपैयाँ बढेको देखिएको छ।

     राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ देखि २०३० सम्मको आगामी ११ वर्षमा ३०३ अर्ब अमेरिकी डलर अर्थात् तीन खर्ब तीन अर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ। योजना आयोगले यस्तो लागत अनुमान सन् २०१६ देखि २०२० लाई आधार मानेर तय गरेको हो। तीन खर्ब तीन अर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ।

    आवश्‍यक लगानीमध्ये ५५ प्रतिशत सार्वजनिक क्षेत्र र घर परिवार र सहकारी क्षेत्रको आठ प्रतिशत र निजी क्षेत्रको ३७ प्रतिशत लगानी जुट्ने अनुमान गरिएको छ। अनुमान गरिएको स्रोमध्ये वार्षिक ६ खर्ब रुपैयाँको लगानी ग्याप देखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]