राजनीति

सरकार सर्वसत्तावादतर्फ उन्मुख : अध्यक्ष थापा

असार ६, २०७६

    काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाए। अध्यक्ष थापाले सरकार सामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे।

    शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको दावी पनि गरे। सरकारले मिडिया, मानव अधिकार आयोग र न्यायालयमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दावी पनि गरे। उनले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गरे।

    चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ। अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दावी गर्दै आफ्नो पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]