समाज

रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार

असार ६, २०७६

    काठमाडौं : कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। 

    वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष-विपक्षमा टिप्पणी सुरु भएको छ। 

    कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्। उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्। 

    के हो समस्या?

    लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो।

    चौधरीको बोनम्यारोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका भाइ मिठूलाल चौधरीले बताए। 'केही दिनदेखि थेरापीको लागि ल्याउने लैजाने भाथ्यो। तर शरीर कुप्रो परेपछि चिकित्सकले भर्ना गरेर उपचार गर्नुपर्ने भनेका छन्। त्यहीँ भएर भर्ना गरिएको हो।'

    फोक्सोमा पनि समस्या

    यस्तै चौधरीको फोक्सोमासमेत गम्भीर समस्या भएको चिकित्सकहरूले बताएका मिठूलालले बताए। ‘चिकित्सले दाजुको स्वास्थ्य गम्भीर छ भनेका छन्', उनले भने, 'तर सांसद भइसकेको व्यक्तिलाई अस्पतालको बेडमै नेलकडी बाँधेर राखिएको छ।' 

    हाल रेशमलाई वीरको पाँच नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ। २०७२ भदौ ७ गते टीकापुर सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले रेशमलाई प्रमुख दोषी मानेको थियो। 

    उनी १५ महिनादेखि जेलमा छन्। कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। चौधरीलाई जेलबाट नै सिंहदरबार संसद भवनमा लगेर सपथग्रहण गराइएको थियो । सपथ ग्रहणलगत्तै पुन: उनलाई जेल फिर्ता लगिएको थियो। चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]