काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
चितवन : भरतपुर महानगरपालिकाले शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गरिन्।
प्रमुख दाहालले रोजगारी आमनागरिकको संवैधानिक अधिकार भएकाले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्। उनले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन भरतपुर महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताइन्।
महानगरपालिका प्रमुख दाहालले सरकारी, निजी र सहकारीसंग सहकार्य गरी बेरोजगार श्रम शक्तिको ज्ञान, सीप र क्षमताको आधारमा नयाँ नयाँ श्रम क्षेत्रको खोजी गर्दै अगाडि बढ्ने बताइन्। उनले भनिन, 'पहिलो चरणमा ३८४ जनालाई रोजगारी दिने र यसको सुरूवात वडा नं २१ र २२ वडामा आजबाट सुरु भएकाे छ। ४ हजारको हाराहारीमा बेरोजगार निवेदन महानगरपालिकामा परेकाे छ। आगामी दिनहरूमा क्रमश यसको ब्यवस्थापन गर्दै लैजाने छाैं।'
महानगरपालिकाका २९ वटै वडामा कार्यक्रम गर्ने र वडामा परेका बेरोजगार निवेदन, वडाको अवस्था, बेरोजगारको चाहना बमोजिम सवै वडामा अघि बढाइने जनाइएको छ। कार्यक्रममा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभ लिन सबैलाई आग्रह गरिन्।
भरतपुर महानगरपालिकाका रोजगार अधिकृत बिनोद खरालले रोजगारी पाउनेले पारिश्रमिकमा आधारित रहेर २० दिनसम्म दैनिक ८०० रूपैयाँका दरले पारिश्रमिक पाउने बताए। यस्तै वडा नम्बर २१ मा २२ जनाले २० दिनका लागि रोजगार प्राप्त गरेका छन। यस्तै चितवनका माडी, रत्ननगर लगायतका नगरपालिकामा पनि कार्यक्रम लागू भइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।