समाज

१२ पासलाई मात्रै ‘नो अब्जेक्सन लेटर’ दिने सरकारी निर्णय सर्वोच्चले रोक्यो

असार ६, २०७६

    काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि विदेश अध्ययन गर्न जान १२ कक्षा पास गरेकालाई मात्र स्वीकृति दिने सरकारी निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ। 

    न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत जेठ २९ गते जारी भएको सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश दिएको हो। 

    अधिवक्ता रामदत्त ओझाले उत्प्रेषणको आदेश माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै इजसालसले १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरुका नाममा आदेश जारी गरेको छ। 

    अदालतले अन्तरिम आदेश माग भएको सम्बन्धमा दुवै पक्षको छलफल आवश्यक रहेको भन्दै विद्यार्थीलाई विदेश अध्ययन गर्न जाँदा स्वीकृति नो अप्जेक्सन लेटर नदिनुपर्ने कारण लिखित रुपमा पेश गर्न पनि भनेको छ। 

    सर्वोच्चले आगामी आईतवारलाई अर्को पेशी तोकेको छ। ‘छलफलका दिनसम्म मन्त्रालयबाट जेठ २९ मा जारी भएको सूचना कार्यान्वयन नगर्नु नगराउनू’ अदालतको आदेशमा भनिएको छ। 

    एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ २९ गते सूचना जारी गर्दै १२ कक्षा उीर्णलाई मात्रै उच्चशिक्षा अध्ययनका लागि विदेश जान स्वीकृति (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध अधिवक्ता ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]