समाज

इटहरीका मेयर द्वारिकलालले फेरि माफी मागे

असार ६, २०७६

    सुनसरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको बीचमा फेरि माफी मागेका छन्। उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै उनले क्षमायाचना गरेका हुन् । 

    प्रमुख चौधरीले विज्ञप्ती निकालेर त्यो कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको जनाएका छन्। 

    उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताएका छन्। मेयरले इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन्। 

    विज्ञप्तीमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्‍नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]