काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
तनहुँ : जिल्लाकाे म्याग्दे गाउँपालिका ५ दोभानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका ५ दोभानका ५९ को बलबहादुर विक रहेका छन्।
बाख्रा चराउँदै गरेको अवस्थामा खैरेनीटारबाट भिमादतर्फ जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुलेगौंडास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचारको क्रममा विक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।