राजनीति

कांग्रेसले संसद अबरुद्ध गराउने भनेपछि सभामुखले गरे बैठक स्थगित

असार ६, २०७६

    पोखरा : सरकारले रातो किताबमा अवण्डा र कनिका छराई बजेट ल्याएको भन्दै संसद अवरुद्ध गराउने जानकारी कांग्रेसले गराएपछि गण्डकी प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको छ।

    प्रदेश सभाका सचिव सचिव हरिप्रसाद बास्तोलाले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएपछि कांग्रेसले आपत्ति प्रकट गरेको छ। कांग्रेसले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आपत्ति प्रकट गर्‍यो। कांग्रेसले शुक्रबार संसद सचिवालयमा बजेट पुस्तिका (रातो किताब) पुस्तिका त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउँनु बताउँदै संसद अबरुद्ध गर्ने जानकारी गराएको थियो।

    कांग्रेसले संसद अबरुद्ध गराउने जानकारी गराएपछि सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सल्लाह लिएर बैठक नै स्थगित गरेको संसद स्रोतले जानकारी दियो। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नीति तथा कार्यक्रम, बजेट एक आपसमा बाजिएको, स्पष्ट नभएको भन्दै रेडबुक सच्याउन माग गर्दै संसद अबरुद्ध गर्न लागेको बताए।

    ‘सरकारले प्रकाशन गरेको रेडबुक संवैधानिक, कानुनी व्यवहारिक र राजनीतिक जुनसुकै हिसाबमा पनि गम्भीर त्रुटिपूर्ण छ’, उनले भने, ‘नदी नियन्त्रण भनेको छ कुन नदि हो थाहा छैन। बजेट कति हो थाहा छैन। एउटै शीर्षक १० ठाउँमा उल्लेख छ। यो कार्यकर्ता पाल्ने दाउ स्वीकार्य हुँदैन। हामीले यिनै कुरा संसदमा राख्ने तयारी गरेर सूचना दिएका थियौँ। सभामुखले बैठक नै स्थगित गर्नु भो।’   

    ‘मुख्यमन्त्री ज्यूले, अन्य मन्त्री ज्यूहरूले यही संसदमा कति पटक भन्नुभो यो सरकारले अवण्डा बजेट ल्याउँदैन। कनिका छराई गर्दैन भनेर। अहिले जे भन्ने त्यो गर्दै नगर्ने ?’ उनले भने, ‘सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय र पर्यटन मन्त्रालयको बजेट यसमा सबै भन्दा धेरै दुरुपयोग हुने देखिएको छ।’

    गल्तीलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताए। उनले बर पिपल विधेयक संसदबाट पास गरेर त्यसको शीर्षकमा कतै बजेट नछुट्टिएकोमा कांग्रेसको आपत्ति रहेको पनि बताए। ‘बर पिपल विधेयक बजेट नै नछुट्याउने भए किन ल्याउने’, उनले भने, ‘अर्काे कुरा भौतिक विकास मन्त्रालयले ५० लाख भन्दा कमको योजनामा प्रदेशले बजेट छुट्याउँदैन भनेर मन्त्री ज्यूले भन्नु भाथ्यो। अहिले मन्दिर, गुम्बाको नाममा कनिका छराई छ। मन्दिर, गुम्बालाई ब्यवस्थित गरेर बास्केट फण्ड ल्याउन सकिन्न? त्यसकारण यो रेडबुक सच्याएर ल्याउन जरुरी छ।’  

    गल्ती स्वीकारेर अघि बढ्दा समग्र प्रदेशलाई फाइदा हुने उनको सुझाब छ। मुख्यमन्त्रीले बिनियोजन बजेटको बारेमा छलफल गर्न भनेको भन्दै नेपालीले त्यो छलफलबाट निकास निस्कने विश्वास ब्यक्त गरे। कांग्रेसका सांसद मणिभद्र शर्माले सरकार जे गरपनि हुन्छ भन्ने अहमतिका साथ अघि बढेकाले जनताले झन धोका खानु पर्ने स्थिति आउन लागेको बताए।

    कांग्रेसकै अर्का सांसद कुमार खड्काले अस्पष्ट बजेट ल्याउनु बजेटको सिद्धान्तमा गैरकानुनी भएको बताए। सफ्टवेयर कार्यक्रममा धेरै बजेट खर्चेर सरकारले कार्यकर्ता पोस्ने दाउन गरेको उनको आरोप छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]