विश्व

बेइजिङको नयाँ विमानस्थलमा ६ लाखलाई रोजगारी मिल्ने

सन् २०२५ सम्ममा ७ करोड २० लाख यात्रु पुग्ने

असार ६, २०७६

    तियानजिन : चीनको राजधानी बेइजिङ नजिकै बनेको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने भएको छ । 

    विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो । 

    चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताए।  

    अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

    बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको विकल्पमा यो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै १० करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]