राजनीति

रेशमलाई भेटेपछि नेताहरूलाई बाबुरामको प्रश्न : गोलघरको यातना कति छिट्टै बिर्सेको?

खुट्टामा १४ किलोको नेल लगाइएको दाबी

असार ६, २०७६

    काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले टीकपुर नरसंहारमा दोषी सांसद रेशमलाल चौधरीलाई वीर अस्पताल पुगेर भेटेका छन् । 
    फोक्सो र बोनम्यारोको गम्भीर समस्याका कारण उपचारका लागि डिल्ली बजार जेलबाट वीर अस्पतालमा बिहीबार भर्ना गरिएका राजपाबाट कैलाली १ मा निर्वाचित चौधरीको खुट्टामा नेल लगाइएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि बाबुराम भेट्न पुगेका हुन्। 

    बाबुरामले सामाजिक सञ्जालमा तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै रेशमको खुट्टामा १४ किलोको नेल लगाइएको जनाएका छन्। टीकापुर नरसंहारको घटनामा प्रमुख दोषी ठहर गरेर जिल्ला अदालत कैलालीबाट सजाय पाइसकेका रेशमलाई हतकडी र १४ किलोको नेल लाउनु गलत रहेको तर्क बाबुरामले गरेका हुन्। 

    यो पनि : रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार 

    'टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो?', उनले प्रश्न गरेका छन्, 'आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन्? यो हर्कत तुरून्त बन्द गर !'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]