राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति, जागरण अभियानको समीक्षा हुने

फाइल फोटो
असार ६, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली का केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ।

    बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन्।

    बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]