समाज

आज देशभर वर्षा

फाइल फोटो
असार ७, २०७६

    काठमाडौं : देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ। 

    जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्य पश्चिम क्षेत्रहमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ। 

    बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताए। पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण शनिबार देशभर पानी पर्ने महाशाखाले जनाएको छ। 

    शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २८ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]