समाज

दुर्घटनामा मोटसाइकल चालकको मृत्यु

असार ७, २०७६

    सप्तरी : अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घाेंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको छ । 

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो। 

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ट्रक र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेलको मृत्यु भएको हो । 

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ठेला चालकलाई ठक्कर दिँदा ठेलाचालक अग्निसाइर कृष्णासवरण ४ बेलहा बस्ने करिब ५० वर्षीय राजेन्द्र दासको दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। 

    घाइते दासको ठेलियास्थित धरमेश्वर अस्पताल उपचार भइरहेको र  चालकसहित ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]