राजनीति

नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने तयारी

असार ७, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दैछ। बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने तयारी रहेको छ।

    जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा छलफल अन्तिम चरणमा पुगेपनि केही नाममा विवाद भएपछि केन्द्रीय सदस्यको जिम्मेबारी बाँडफाँड हुन सकेको छैन। केन्द्रीय सदस्यको जिम्मेबारी टुंगिएपछि पोलिटब्युरो गठन गर्ने नेताहरुको भनाई छ।

    सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँडसँगै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल हुने नेकपाले जनाएको छ।

    नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ। जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन्। पार्टी एकता घोषणा भएको एक वर्ष बितिसकेपनि एकता प्रक्रिया अझैं टुंगोमा पुगेको छैन। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]