काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
चितवन : पाँचौँ चितवन च्याम्पियनसिप कपको फाइनल खेल आज हुँदै छ। उपाधिका लागि जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र अभिषेक चर्च रजहर आमनेसामने हुँदै छ। खेल जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा अपराह्न ४ बजे हुने आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विकास कोइरालाले जानकारी दिए।
उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ। यी दुई टोलीले उपाधि दावेदारका रूपमा रहेका पुर्वविजेता टिमलाई पाखा लगाउँदै फाइनल भिडन्त पक्का गरेका हुन्।
सेमिफाइनलमा प्रहरीले देशभक्त फुटबल क्लब परासीलाई पराजित गरेको थियो भने रजहरले पूर्वविजेता जु फुटबल क्लब जुगेडीलाई पराजित गर्दै फाइनलमा पुगेको हो। यस्तै, क्वार्टरफाइनलमा रजहरले सुन्धारा फुटबल क्लब काठमाडौंलाई र प्रहरीले डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैँडाकोटलाई पराजित गरेको थियो।
शुक्रबार हुने भनिएको तेस्रो स्थानको खेलमा देशभक्त फुटबल क्लब सहभागी नभएपछि पूर्वविजेता जु फुटबल क्लब जुगेडी स्वतः तेस्रो बनेको छ।
प्रतियोगिताको विजेताले ३ लाख, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, तेस्रो हुनेले ५० हजार रुपैँयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गत जेठ २४ गतेदेखि जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिम सहभागी भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।