खेलकुद

भारत र अफगानिस्तान पहिलो पटक प्रतिस्पर्धामा

२० वर्षदेखि न्युजिल्यान्डसँग जितविहिन वेष्टइन्डिज

असार ७, २०७६

     विश्वकपमा अहिले सवा  ३ बजेदेखि भारतले प्रतियोगिताको चौंथो खेलमा अफगानिस्तान विरुद्ध साउथहेम्टनमा प्रतिष्पर्धा गर्दे छ। २८ औँ खेलमा भारत र अफगानिस्तान भिड्दा २९ औँ खेलमा न्युजिल्यान्ड र वेस्टइंडिज पनि प्रतिष्पर्धा गर्दै छन्।

    यी दुईको खेल म्यानचेस्टरमा हुने छ। अंक तालिकामा अस्ट्रेलिया पहिलो, न्युजिल्यान्ड दोस्रो इंग्ल्यान्ड तेस्रे र भारत चौंथो स्थानमा रहेका छन्।

    भारत र अफगानिस्तान

    दुई टिम इंग्ल्यान्डको मैदानमा मात्र होइन विश्वकप भिडन्तमानै पहिलो पटक एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्दै छन्। भारतले अफगानिस्तान विरुद्ध खेलको ४ मध्ये ३ खेलमा जित निकालेको छ। एक खेल वर्षाका कारण रद्ध भएको छ।

    भारतको जित चौंथो जितमा रहँदा अफगानिस्तान प्रतियोगिताको हारको यात्रा अन्त गर्ने र भारत विरुद्ध पहिलो जित निकाल्ने धुनमा रहेको छ।

    भारतलाई खेलाडीको फिटनेश चिन्ता सर्वाधिक बढी छ। शिखर धवन औँलाको चोट बोक्दै प्रतियोगिताबाट बाहिरिंदा पाकिस्तान विरुद्ध भुवनेश्वर कुमारपनि चोट बोक्न पुगेका थिए। उनीपनि २–३ खेल खेल्न नसक्ने भएका छन्।

    त्यस्तै विजय संकरपनि अभ्यास सत्रमा जसप्रित बुमराहको बलमा घाइते भए। जुन भारतका लागि चिन्ताको कुरा हो।

    साउथहेम्टनमा वर्षा नहुने संभबना बढी छ। खेलका दौरान १८ देखी १९ डिग्री सम्म तापक्रम हुने छ। यो खेलमा ब्याटिङलाइनअपलाई मदत मिल्ने भएकाले टस जित्नेले पहिलो ब्याटिङ गरे फाइदा हुने छ।

    न्युजिल्यान्ड र वेस्टइंडिज

    दुई टिम विश्वकपमा आठौं पटक प्रतिष्पर्धाका लागि मैदानमा उत्रंदै छन्। वेस्टइंडिजले अहिलेसम्म ३ खेलमा जित निकाल्दा न्युजिल्यान्ड भने ४ खेलमा जित निकाल्न सफल भएको छ। त्यसोत पछिल्लो २० वर्षदेखी वेस्टइंडिजले न्युजिल्यान्डलाई पराजित गर्न सकेको छैन्। उसले पछिल्लो पटक १९९९ मा साउथहेम्टनको मैदानमा जित निकालेको थियो।

    समग्र प्रतियोगिताको कुरा गर्दा यि दुई बिच ६४ खल भएका छन् जसमा वेस्टइंडिजले ३० खेलमा जित निकाल्दा न्युजिल्यान्डले २७ खेलमा जित निकालेको छ। ७ खेल नतिजा विहिन भएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]