समाज

मौसमको अवस्था कहाँ कस्तो ?

असार ७, २०७६

    काठमाडौं : अहिले काठमाडौं लगायत देशका बिभिन्न भागमा वर्षा भईरहेको छ। शुक्रबारदेखि  पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा देशका बिभिन्न भागमा वर्षा भईरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्व तथा मध्य क्षेत्रको धेरैजसो स्थानमा मेघ गर्जन सहित वर्षा भएको मौसमबिद् सुवार रिमालले जानकारी दिए। नारायणी नदीको आसपासमा ठुलो बर्षा भइरहेको छ।

    शनिबारराति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको रिमालले बताए । उनका अनुसार आइतबारदेशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भाग र पश्चिमी नेपालका बिभिन्न क्षेत्रमा बिहानीपख मेघ गर्जनसहित वर्षा हुनेछ।

    आइतबार दिउँसोपख मध्य भू–भागका केही क्षेत्रबाहेक देशका अन्य भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]