काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
बाँके : मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका ७ लालपुर र नन्कौपुरको सीमानामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। भे ३ प ४१८४ नं.को मोटरसाइकल दुर्घटना हुँदा राप्तीसोनारी ७ नन्कौपुरका करिव २७ वर्षीय सन्तोष थारुको घटना स्थलमै मृत्यु भएको अस्थायी प्रहरी चौँकीले जनाएको छ। उनी सवार मोटरसाइकल सडकबाट तल खसेको थियो।
छाती र टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।