समाज

लखनउबाट ५ नेपाली बालबालिकाको उद्धार

असार ७, २०७६

    बाँके : पाँच जना बालबालिकालाई भारतको लखनउबाट उद्दार गरी नेपाल ल्याइएको छ। शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्दार गरी नेपालगन्ज ल्याइएको हो। 

    उद्दार गरी नेपाल ल्याइएका सवै १६ वर्ष मुनीका रहेको शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन्। उत्तर प्रदेशको राजधानी लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको थियो। 

    राजयिक बाल गृह र राजयीक बालिका गृहमा रहेका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उनले बताइन्। बालकलाई सिविन नेपालगन्जको बालगृहमा राखिएको छ भने बालिकालाई शक्ति समूहको आपतकालीन आवास गृहमा राखिएको छ।

    अभिभावक सम्पर्कमा आएपछि जिम्मा लगाउने उनले जानकारी दिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]