समाज

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न २ जना पक्राउ

असार ७, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२ ज २९९ नम्बर र बा.१ ज८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे घर भएका ३९ वर्षीय नारायण तामाङ र काठमाडौं बनस्थली बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका ५ घर भएका २५ वर्षीय श्याम कुँवर रहेका छन्।

    मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले ट्याक्सी तोडफोड तथा बा २ ज २९९ नम्बरको ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका १४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्णबहादुर किङरिङलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्न तामाङ र कुँवरलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    कुटपिटबाट घाइते भएका किङरिङलाई उपचारको लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भू लगिएको छ भने कुटपिटमा संलग्न स्वयम्भू कारखाना चोक बस्ने २१ वर्षीय आशिष चौधरी समेत घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

    तोडफोडबाट दुबै टयाक्सीको ढोका र शिशा फुटेर क्षति भएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेकाे छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]