समाज

एन्फाको नक्कली टि-सर्ट बनाएर बेच्ने ६ जना पक्राउ

असार ७, २०७६

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को नक्कली टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लोगो समेत प्रयोग गरी नक्कली टि-सर्ट बनाउने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका ९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय काठमाडौं महानगरपालिका १७ बस्ने रुपन्देहीका ३६ वर्षीय बिष्णुप्रसाद कँडेल र काठमाडौं महानगरपालिका १७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे रहेका छन्।

    यसैगरी काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालक काठमाडौं महानगरपालिका ९ बस्ने ५२ वर्षीय गोविन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसी स्पोटर्स गोदामका संचालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटी स्पोर्टसका संचालक काठमाडौं सुन्धारा बस्ने झापाका ३४ वर्षीय निलम बस्नेतलाई प्रहरीले पक्रेको छ। 

    प्रहरीले गोबिन्दको रेडिमेड स्टोरबाट २७४ थान, रामशरणको एसी स्पोटर्स गोदामबाट २४२ थान र निलमको सिटि स्पोटर्सबाट ३० थान नक्कली लोगो भएका जर्सीसमेत फेला पारेको छ।

    नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिलाई मात्र अधिकार प्रदान गरेको थियाे।

    साथैअन्य व्यक्ति तथा कम्पनीले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी जर्सी बिक्री वितरण गरेको भन्ने सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले ती ३२ थान जर्सी बिक्री गर्न हिंडेको अवस्थामा चन्द्रदत्तलाई र बिष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३३८ थान जर्सीसहित उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]