समाज

बसले कारलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ४ घाइते

असार ७, २०७६

    चितवन : नारायणगढ मुग्लिन सडकमा पर्यटक बसले कारलाई ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका ४८ वर्षीय होमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    बा १ प ५०५ नम्बरको पर्यटक बसले ग १ च ७३०८ नम्बरको कारलाई भरतपुर महानगरपालिका २९ रिग्दी खोलामा अपरान्ह ४ बजे ठक्कर दिँदा ५ जना घाइते भएका थिए। उनीहरूमध्ये थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    अन्य ४ जना मध्ये २ जनाको चितवन मेडिकल कलेजमा, १ जनाको भरतपुर अस्पतालमा र एक जनाको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    ट्यांकरमा कार ठोक्किँदा ४ जना घाइते

    यस्तै नारायणगढ मुग्लिन सडकको भरतपुर २९ केराबारी खण्डमा ट्यांकरमा कार ठोक्किँदा ४ जना घाइते भएका छन। ग १ च ९७०० नम्बरको कार सडक छेउमा कोल्टिएको ना १ क ५४२७ नम्बरको पानी ट्यांकरमा ठोक्कीदा कारमा सवार उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    साँझ ५ः२० बजेको समयमा भएको सो दुर्घट्नामा परी घाइते भएकामध्ये २ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको अवस्था सामान्य रहेको छ। घाइते सवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]