समाज

तीन वर्षदेखि अलपत्र थली-साँखु सडक, आन्दोलित स्थानीयले निकाले मसाल जुलुस

सरकार र ठेकेदारविरूद्ध नाराबाजी

असार ७, २०७६

    काठमाडौं : चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक तीन वर्षमा पनि नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सडक नबनेर हिलाम्य भएपछि उनीहरूले शनिबार साँझ थलीमा मसाल जुलुस नै निकालेका छन्।

    निर्माण थालेको तीन वर्ष बितिसक्दा पनि सडक पिच नभएपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन्। वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको थियो। 

    तर थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै कागेश्वरी मनोहरा-४,५ सडक निर्माण संघर्ष सरोकार समिति नै बनाएर  स्थानीयवासीले प्रदर्शन गरिरहेका छन्। 

    संघर्ष समितिका अध्यक्ष मनीष सिम्खडाका अनुसार पिच होला भनेको सडक हिलाम्य भएपछि ठेकेदार र  सरकारको विरोधमा मसाल जुलुस निकालिएको हो। 

    सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला-ठूला खाल्डा छन्। पानी परेसँगै ती खाल्डामा मान्छे डुब्ने पानी जम्न थालेको छ। 

    दैनिक आवतजावत गर्ने हजारौँ सवारीसाधन र उपभोक्ताले कष्ट भोग्नुपरेको अध्यक्ष सिम्खडाले बताए। यही विषयमा गत जेठदेखि नै थलीका स्थानीयवासीले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन्। 

    सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै शनिबार पनि मसाल जुलुस निकालिएको हो।

    सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो। 

    काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो। 

    ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्ड अलपत्र छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]