काठमाडौं: इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्याप...
विश्वकप क्रिकेटको न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
म्यानचेस्टरमा न्युजिल्याण्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटियो। वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले १ सय १ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै क्रिस गेलले ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिम्रोन हिटमायरले ५४ रन बनाए। न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा लक्की फर्गुसनले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले। खराब सुरुवात गरेको न्युजिल्याण्डको लागि विलियमसनले १ सय ४८ रन बनाए। यस्तै रोस टेलरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले। जेम्स निशम २८ तथा कोलिन डी ग्राण्डहोमेले १६ रन बनाए। वेष्ट इण्डिजका सेल्डोन शेन कोट्रेलले ४ विकेट लिए। यस्तै कार्लोस ब्रैथवेटले २ र क्रिस गेलले १ विकेट लिए।
जितसँगै न्युजिल्याण्डले ६ खेलबाट ११ अंक जोडेको छ। पराजित वेष्ट इण्डिजले ६ खेलबाट ३ अंक छ। प्रतियोगिता अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।