समाज : सुरक्षा/अपराध

रामेछापमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

असार ८, २०७६

    रामेछाप : रामेछापको मन्थली–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

    दुर्घटनामा परि चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का निरबहादुर श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन्।  नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा सञ्चालित बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स रामेछापमा विरामी लिन आउँने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

    घाइतेलाई उपचारको लागि काभ्रेको धुलीखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए। एम्बुलेन्स सडकको मोडबाट सिधै खस्दा करिब २ सय मिटर तल झरेको थियो। तीब्र गतिको कारण मोडमा स्टेरिङ्ग काट्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]