समाज

भन्सारको जग्गा खरिदका लागि आएको तीन करोड फिर्ता

असार ८, २०७६

    कपिलवस्तु : कार्यालय स्थापना गर्न जग्गा खरिदका लागि निकासी भएको सुठौली भन्सारको तीन करोड रुपैयाँ फिर्ता भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार कार्यालयको जग्गा खरिदका लागि आएको तीन करोड रुपैयाँ फिर्ता पठाइएको हो।

    छोटी भन्सारका रूपमा रहेको सुठौलीको स्तरोेन्नति गरिएसँगै अर्थ मन्त्रालयले जग्गा खरिदका लागि ३ करोड रुपैयाँ निकासा गरी पठाएको थियो। तर जग्गा नै नपाएको भन्दै रकम फिर्ता पठाइएको सुठौली भन्सारका प्रमुख तीर्थराज पासवानले बताए। तोकिएको सयममा जग्गा किन्न असमर्थ भए पछि अर्थ मन्त्रालयले रकम फिर्ता गर्न निर्देशन दिएको उनले बताए।

    मर्यादपुर बजारको पश्चिमपट्टि उपयुक्त र पर्याप्त जग्गा रहेको भन्दै पटक–पटक अनुगमन र निरीक्षण गरिएको थियो। ‘जग्गाधनीले एक कठ्ठाकै २५–३० लाख भन्दा कममा  नदिएपछि जग्गा किन्न समस्या भयो’, प्रमुख पासवानले भने। भन्सारका लागि तीनदेखि पाँच बिघा जमिन चाहिने उनले बताए।

    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा खरिद समितिले समेत जग्गा खरिदका लागि धेरै पहल गरे पनि विफल भएको उनले बताए। ‘गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयको नेतृत्वमा पहल गरे पनि जग्गा खरिदगर्न नसकेको पासवानको भनाइ छ। सीमा जोडेर निर्माण गर्नुपर्ने यार्ड, चेकपोष्ट र सुरक्षा चेकपोष्ट निर्माणका लागि जग्गा चाहिएको हो।

    तौलिहवा उद्योग वााणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले जग्गा खरिदका लागि आएको रकम फिर्ता जानु दुःखद भएको बताए। लामो प्रयासपछि स्तरोन्नति भएको भन्सारको जग्गा किन्नका लागि ठोस पहल आवश्यक रहेको उनको भनाइ छ। आउँदो आर्थिक वर्षमा जग्गा खरिदका लागि थप रकम माग्नुपर्छ’, उनले भने, ‘जग्गाधनीहरुसँग अझ छलफल र समन्वय गर्नुपर्छ।’

    गाउँपालिका प्रमुख पाण्डेयले रकम फिर्ता गएकोमा दुःख व्यक्त गर्छन्। आउने आर्थिक वर्षमा जसरी पनि जग्गा किनेर आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउनु पर्ने र त्यसका लागि आफूले पनि पहल गर्ने उनले बताए। शाखाबाट मुलमा स्तरोन्नतिको निर्णयपछि विभागले आवश्यक कर्मचारीलाई भन्सारमा खटाए पनि आवश्यक भौतिक पूर्वाधारको अभावले भन्सारदेखि सीमा नाकासम्म मालवाहक सवारीको जाँचका क्रममा आवागमन प्रभावित हुँदै आएको छ । आवश्यक पुर्वाधार अभावले २१ जना कर्मचारीहरू पनि पुरानै भवनमा बसेर सेवा दिन बाध्य छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]