समाज

बेत्रावती–कालिकास्थान–धुन्चे सडक ममर्त सुरू

असार ८, २०७६

    रसुवा : पासाङल्हामु मार्गको बेत्रावती देखि कालिकास्थान–धुन्चे सडकको ममर्त सुरु भएको छ। वर्षायाम सुरु भएसँगै चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा यातायात नियमित संचालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटले मर्मत सुरु गरेको हो। 

    बेत्रावतीदेखि कालिकास्थान हुदै स्याउबारीदेखि धुन्चे सडकलाई दुई भागमा विभाजन गरेर काम अघि बढाइएको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए। उनले भने ‘सडक मर्मतका लागि टिपर, लोडर र ब्याकहु मेसिन पनि प्रयोग भएको छ, बर्षाको समयमा सवारी आवतजावत गराउन लागि परेका छौँ।’
     त्यस्तै जिल्लाको कालिका गाउँपालिका ३ ईँटपारेमा कल्भर्ट मर्मत कार्य अघि बढाइएको समेत शाक्यले बताए। बेत्रावतीदेखि धुन्चेसम्मको सडक मर्मत गरिने भएकोले सोहि सडक खण्डमा शनिबारदेखि तीन दिनसम्म ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    साना सवारी जिप र मोटरसाईकललाई मात्र आवतजावत गर्न दिइएको शाक्यले बताए।  त्यस्तै कालिका गाउँपालिका ३ ईँटपारेमा पाइप कल्भर्ट मर्मत गर्नुपर्ने भएकाले बेत्रावती–धुन्चे–बाह्रघुम्तीमा मोटरसाइकल र साना गाडी मात्र सञ्चालनको अनुमति दिएको समेत उनले बताए। 

    त्यसैगरी स्याउबारीदेखि धुन्चेसम्म सडकमा ग्राभेलको काम सुरु भएको  छ। सडक खण्डको विभिन्न स्थानमा यसअघि नै ढलान गरिएको थियो। यसअघि पनि सडक सुधार कार्यक्रम अन्तर्गत खाल्डाखुल्डी पुर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउनेलगायतका कार्य गर्दै आएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]