पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पदबाट राजीनामा दिएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै गुरुङले आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर बिदा भएको उल्लेख गरेका छन्। आगामी असार २७ गते संघको साधारणसभा र निर्वाचनको मिति तोकिएको छ।
अध्यक्ष गुरुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टबीच राम्रो सम्बन्ध नहुँदा पनि उनलाई काम गर्न अप्ठेरो परेको थियो। यी दुईबीच मलेसियाको रोजगारी खुलाउने विषयमा पटक पटक विवाद हुँदै आएको थियो। व्यवसायीहरुले मलेसियाको रोजगारी खुलाउन माग गर्दै आएका थिए भने सरकारले झन्झटिलो प्रक्रिया अपनाउँदा १ वर्षदेखि रोजगारी ठप्प रहेको छ।
२१ दिन मात्रै कार्यकाल बाँकी रहेका बेला गुरुङको राजीनामाले वैदेशिक रोजगार व्यवसायी माझ नयाँ तरंग ल्याएको छ। उनले बाँकी २१ दिन कार्यकाल रहेको प्रथम उपाध्यक्षलाई कार्यबाहक दिएर बिदामा बस्ने निर्णय गरेको छु। जान अन्जानमा कसैको चित्त दुखाएको भए माफ गरि दिनु होला भनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।