राजनीति

गृहमन्त्रीलाई जनार्दनको प्रश्‍न : कुमार पौडेललाई यातना दिएर मारेको हो?

असार ८, २०७६

    काठमाडौं : सत्तारूढ दलका नेता जनार्दन शर्माले सर्लाहीमा प्रहरीको दोहोरो भिडन्तमा मारिएका विप्लव समूहका नेता कुमार पौडेको हत्या गम्भीर भएको भन्दै आपत्ति जनाएका छन्। 

    राज्यव्यवस्था समितिको आजको बैठकमा नेता शर्माले सर्लाहीमा मारिएका कुमार पौडेलको नियन्त्रणमा लिएर हत्या भएको भन्दै गृहमन्त्रीले समितिमा जवाफ दिनुपर्ने माग गरे।

    उनले भने, ‘कुमार पौडेलको हात भाँचिएको भन्ने उजुरी परेको छ, यसको सत्यतथ्य समितिलाई गृहमन्त्रीले जानकारी दिनुपर्छ।’ त्यस्तै  शर्माले रेशम चौधरीलाई अस्पतालमै नेल लगाएर राख्नु अनुचित भएको भन्दै प्रधानमन्त्रीले निर्देशन दिएर फुकाउनु राज्य संयन्त्रको उपहास भएको शर्माको भनाइ  थियो।

    कुमार पौडेल र रेशम चौधरीका घटना गम्भीर भएको भन्दै गणतन्त्रलाई असफल पार्न सबैतिरबाट हमला भइरहेको उनले बताए। त्यस्तै लोकसेवाको विज्ञापनमा समावेशी नबनाइनु संविधान र कानुनविपरीत भएको शर्माको धारणा थियो। 

    समितिमा नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको भन्दै छानबिन गर्न माग गरिन्। समितिले गृहमन्त्री रामबहादुर थापालाई यसबारे जवाफ माग्न सोमबार समितिको बैठकमा बोलाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]