समाज

एक हप्तादेखि अन्धकार मुगु , नहर टाल्दै सेना

असार ८, २०७६

    मुगु : नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रबाट उत्पादन भई वितरण हुँदै आएको विद्युतसेवा बन्द हुदाँ  सेवागाही मर्कामा परेका छन्।  

    एक हप्ता देखि विधुत सेवा बन्द हुदाँ मुगु सदरमुकाम गमगढीलगायतका छायाँनाथ रारा नगरपालिका भित्र रहेका गाउँबस्तीका २२ सय घरधुरीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्। उज्यालोका लागि सल्लोको दियालो प्रयोग गरिन्छ, तर त्यो सजिलै पाईंदैन । स्थानीयलाई साँझ पर्न थालेपछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको  स्थानीय जय लक्ष्मी खड्काले बताइन। उनका अनुसार बति नभए पछी हैरान हुने गरेको छ। उज्यालोका लागि मैनबत्ति पयोग गर्ने गरेका छौ। तर मैनबत्ति किन्नको सजिलै पाईदैन।

    मैनबत्ति किन्नको लागि आर्थिक अवस्था कमजोर भएकाहरुलाई सम्भव नभएको अध्यारोमा रात कटाउन बाध्य भएका उनको भनाइ छ । हप्तौदिन सम्म पनि बत्ती नआउदाँ विद्यार्थीको पढाइमा समेत अप्ठारो भएको छ। 

    एक हप्ता देखि गमगाढ जल विद्युत बितरण केन्दमा आएको समस्याका कारण बिधुत सेवा बन्द भएको गमगढा बितरण केन्दले जनाएको छ। छायाँनाथ रारा नगरपालीका वडा नम्बर ४ बालै खाम गाईटे भन्ने स्थानमा विद्युतको एक सय ३० मिटर आसपासको नहरबाट पानी चुहिएर स्थानीयको जग्गामा पहिरो जान थाले पछि त्यसको मर्मत गर्नु पर्ने भएकाले बिधुत बन्द गर्नु परेको गमगढा बितरण केन्दका प्रमुख शीवप्रसाद पाण्डेले बताए। उनका अनुसार नहरको मर्मत काय ८० प्रतिशत सकिएको र बाँकी केहि काम मात्र रहेकाले अबको एक हप्तामा  बत्ति सुचारु हुने उनको भनाइ छ। 

    नहर निमार्णमा जुट्दै सुरक्षाफौज 

    विद्युत् सेवा बन्द भएपछि विद्युत् नहर मर्मतमा सुरक्षाकर्मी खटिएका छन्। विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो।

    निस्वार्थ रुपमा स्थानीयको दैनिकीमा पारेको प्रभाव र कार्यलयको काम, असार मसान्तको चापलाई मध्यनजर गरी बिहिबार देखि दैनिक ३० जना भन्दा बढी सुरक्षाकर्मी खटिएर नहर मर्मतमा लागि परेका सशस्त्र प्रहरी बल ४५ गुल्म मुगुका डीएसपी वसन्तबहादुर सिहंले जानाकरी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]