समाज

नेपालकै उत्कृष्टमा पर्‍यो तनहुँको आदिकवि क्याम्पस

असार ८, २०७६

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपालकै उत्कृष्ट क्याम्पस बनेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा स्नातकोत्तर तहको सेमेस्टर प्रणालीअन्तर्गत आएको नतिजाले आदिकवि भानुभक्त क्याम्पस सर्वोत्कृष्ट भएको हो।

    विश्वविद्यालयले सेमेस्टर प्रणालीअन्तर्गतको व्यवस्थाअनुरूप स्नातकोत्तर तह प्रथम वर्षको नतिजाबाट आदिकवि नेपालकै उत्कृष्ट क्याम्पस हुन सफल भएको जानकारी क्याम्पसलाई प्राप्त भएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।

    क्याम्पसमा शिक्षा संकायतर्फको एमएड र वित्त व्यवस्थापनतर्फको एमबिएसको मात्र अध्यापन हुने क्याम्पस प्रमुख हड्खलेले बताए। उनका अनुसार क्याम्पसले उत्कृष्टता हासिल गर्दा खुशी हुनुका साथै थप जिम्मेवारी र अझ शतप्रतिशत विद्यार्थी उतिर्ण गराउनतर्फ कार्ययोजना सहित अगाडि बढ्न प्रोत्साहन गरेको छ।

    त्रिविले बुधबार दिउँसो मात्रै फोनमार्फत देशभरकै उत्कृष्ट भएको जानकारी दिएको उनले बताए। उनले भने, ‘सेमेस्टर प्रणाली लागू भएपश्चातको प्रथम सेमेस्टरको परीक्षाको नतिजाले क्यामपसलाई उत्कृष्ट सावित गरेको छ।’

    एमबिएसतर्फ ८८ प्रतिशत र एमएडतर्फ ५३ प्रतिशत विद्यार्थी उतिर्ण भएपछि नेपालभरकै उत्कृष्ट बनेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको क्याम्पसकी शिक्षा संकायका प्रमुख कल्पना लम्सालले बताइन्। क्युएए मान्यता प्राप्त क्याम्पसमा हाल १० जोड २, स्नातक तह र स्नातकोत्तर तह गरी करिव दुई हजार पाँच सय विद्यार्थी अध्यायनरत रहेको क्याम्पसले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]