समाज

हावाहुरीले कालीगण्डकीमा ३ दिनदेखि अन्धकार

असार ८, २०७६

    गुल्मी : शुक्रबार आएको पानी, हावाहुरीका कारण गुल्मी जिल्लाको कालीगण्डकीमा तीन दिन देखि कालीगण्डकी  गाउँपालिकाका बस्तीहरूलगायत बाग्लुङ जिल्लाका बरेङ लगायतका क्षेत्रमा अन्धकार भएकाे छ। 

    हाबाहुरीका कारण कहाँ के समस्या आएको भनेर पहिचान गर्न नसक्दा समस्या आएको मिर्मी वितरण केन्द्रका प्राविधिक रोमा त्रामुले जानकारी दिए। उनका अनुसार पुर्तिघाट सामुदायिक विद्युतको टोली र मिर्मीको टोलीको कहाँ समस्या आएको हो भनेर पत्ता लगाउने कार्य भएको र आइतबार समस्याको समाधान गर्ने उनले दाबी गरे। 

    कालिगण्डकी गाउँपालिकाको जयखानीमा विद्युतको पोल र तारमा समस्या आएको पाइएको छ यसलाई केही समयमा नै समाधान गरेर विद्युत सुचारु हुने त्रामुले दाबी गरे। विद्युत नहुँदा कालिगण्डकी गाउँपालिकाका जयखानी, गाउँपालिकाको केन्द्र रहेको पुर्तिघाट, खडगकोट, फोक्सिङ भुर्तुङ लगायत बाग्लुङ जिल्लाका केही बस्तीहरू तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन्। 

    विद्युत नहुँदा मोवाइलको नेटवर्कसम्म नआएको र सम्पर्कमा रहन पनि नपाइएको भन्दै मोवाइलमा हल्का चार्ज भए पनि सम्पर्क गर्नका  कहाँ नेटवर्क आउँछ भन्दै डाँडामा धाउन बाध्य भएको कालिगण्डकी गाउँपालिका ४ का स्थानीय अग्निधर पराजुलीले गुनासो गरे। विद्युत नहुँदा गाउँपालिकाका कार्य सम्पादनमा समेत समस्या आएको गाउँपालिकाले जनाएको छ।

    विद्युत सुचारु गर्नका लागि पुर्तिघाट सामुदायिक विद्युतीकरण र स्थानीय लागि परेको मिर्मी वितरण केन्द्रले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]