समाज

समतामा महिलाको मृत्यु प्रकरण : चक्काजाम गर्न खोज्दा गौशालामा तनाव

असार ८, २०७६

    काठमाडौं : समता अस्पतालमा एकजना महिला कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटनाले गौशालामा तनाव भएको छ ।

    केही दिनअघि समता अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी सरसफाइ कर्मचारी २७ वर्षीया विमला तामाङको हत्या भएको भन्दै आफन्तले गौशाला चोकमा चक्काजाम गर्न खोज्दा तनाव भएको हो ।

    गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि भेला भएका दर्जनौं सर्वसाधरणले दोषीलाई कारबाही माग गर्दै प्रदर्शन गरेका हुन्।

    प्रदर्शनका क्रममा सडकजाम गर्न खोजिएपछि त्यहाँ खटिएको प्रहरीले लाठीचार्ज गरेको हो। लाठीचार्ज भएपछि सर्वसाधरण झनै आक्रोशित भएका छन्। प्रहरीले प्रदर्शनमा संलग्न भएका केहीलाई पक्राउ गरेको छ।

    विमला मृत भेटिएपछि प्रहरीले समता अस्पतालका तीनजनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी छन् ।

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]