स्वास्थ्य

अस्पतालको बिल ५ लाख ६५ हजार, छुट ५ लाख ३५ हजार

असार ८, २०७६

    जनकपुरधाम : विरामीको उपचार गर्दा प्रायः हरेक निजी अस्पतालले बढी विल बनाउने गरेको गुनासो सुनिन्छ। तर जनकपुरका एक निजी अस्पतालले ९५ प्रतिशत बढी बिल बनाएर विरामीलाई ठग्ने प्रयास भएको छ।

    जनकपुरधाम उपमहानगरपालिका ६ स्थित श्री आस्था हस्पिटलले ५ लाख ६५ हजार बिल बनाएकोमा स्थानीय युवाको दबाबपछि मात्र ३० हजार लिएपछि लुटको पर्दा खुलेको हो। जनकपुरधाम १३ की अन्दाजी ३० वर्षीया ललिता राउतले गराएको प्रसूतिको बिल अस्पतालले यतिधेरै बनाएको थियो। यति धेरै रकम तिर्न नसक्ने ललिताले बताएपछि बच्चा छाडेर जान अस्पतालले भन्यो। त्यसपछि उनी स्थानीय यूवालाई गुहारे।

    समाजवादी पार्टी नेपालका नेता नविन यादव र नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउत नेतृत्वमा यूवाहरु अस्पताल पुगेपछि मात्र ३० हजार रुपैयाँ लिएर अस्पतालले विरामी डिस्चार्ज गरेका छन्। ब्यथा लागेपछि ललिता जेठ ३२ गते अस्पताल भर्ना भइन्। बच्चा नर्मल रुपले भयो। तर डाक्टरले बच्चाको अवस्था गम्भीर रहेको भन्दै ‘इनक्यूवेटर’ मा भर्ना गर्नुपर्ने भन्यो। ललिता सहमत भइन्। तर कति शुल्क लाग्छ सोध्दा डाक्टरले त्यतिबेला केही भनेन।

    जब शनिबार डिस्चार्ज गर्ने बेलामा अस्पतालले ५ लाख ६५ हजारको बिल सुनायो, अनी उनी चिन्तित बनिन्। ललिताका भाई जयनाथ राउत भन्छन्,‘अस्पतालले सुरुमा ५ लाख ६५ हजार तिर्नुपर्ने भन्यो। पछि ६५ हजार छाडेर ५ लाख तिर्नैपर्ने बताएको थियो।’ ‘

    पाँच लाख पनि तिर्ने अवस्था नरहेको भनेपछि अस्पतालले बच्चा छाडेको जान भनेको थियो’, उनले भने, ‘त्यसपछि दाजुलाई खबर गरेपछि उहाँहरू आएर कसरी यतिधेरै बिल भयो भनेर अस्पताललाई सोध्दा अस्पतालले मात्र ३० हजार लिएर जानलाई भन्नुभयो।’ यसरी ५ लाख ३५ हजार बढी बिल बनाएर ठगी गर्न खोजेको भन्दै कारबाही गर्न प्रशासनसँग आग्रह समेत उनले गरेका छन्।

    अस्पतालका इन्चार्ज मुकेश यादवले सुरुमा बिल दिन नै आनाकानी गरे। पछि युवाले के के मा कति कति रुपैया भयो छुट्याएर बिल दिन भनेपछि इन्चार्ज यादब केहिबेर सम्पर्कविहीन बन्यो। पछि उनले ५ लाख ६५ हजारलाई ५ लाख ४८ हजार भयो भनेर सादा कागजमा लेखेर ल्यायो। तर सक्कली अस्पतालको बिल माग्दा उनले मानेनन्। पछि मात्र ३० हजार दिएर जानुस् भन्यो र ललिताकी आफन्तले पैसा तिरेर अस्पतालबाट निस्केका छन्।

    अस्पतालले ३० हजारको उपचार गर्दा ५ लाख नै बढीको बिल बनाएपछि स्थानीय युवा आक्रोसित बनेका छन्। उनीहरू अस्पताललाई कारबाही गर भन्दै नाराबाजी गरिरहेका छन्। युवा नेता मुन्जय राउतले प्रशासनले अस्पताललाई कारबाही नगरे तालाबन्दी गर्ने चेतावनी दिए।

    अस्पतालमा होहल्ला भएपछि नेपाल प्रहरी पुगेर सुरक्षा दिइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]