मनोरञ्जन

हट अवतारमा अञ्जलि, प्रेमीले भने म निदाएपछि आयौ

असार ८, २०७६

    काठमाडौं : गायक नवराज सापकोटाको नयाँ गीत  'म निदाएसी आयौ'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नरेश गौतमका शब्द सृजनामा एनके ब्रदरर्सको संगीत सृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय रहेको छ। 

    बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जलि यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्।

    सार्वजनिक गीतमा अञ्जलिलाई जीवन भट्टराई र ऋचा थापाले साथ दिएका छन्। गीत सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]