काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
मनाङ : बनाएको एकवर्ष नपुग्दै पुल बगाउँदा सवारी साधन ठप्प भएको छ। बेँशीसहर चामे सडकखन्डमा पर्ने म्यार्दी खोलाको पुल भत्किएको छ। गत शुक्रबारदेखिको अविरल वर्षाका करण पुल भासिएर खोलाले बगाएको हो।
गतवर्ष मात्रै क्याराभान कन्सल्टेन्सीले संझौता गरेको म्याद सकिएर म्याद थपेर २०७५ भदौमा निर्माण गरेको पुल वर्षदिन नहुँदै भत्किएको छ। २ करोड भन्दा बढी खर्चा गरेर निर्माण गरिएको पुल वर्षदिन नहुँदै भत्किँदा पर्यटक र सर्वसाधारण मर्कामा परेका छन्।
मनाङका ५ वटा खोलामा पक्की मोटरेवल पुल निर्माण गर्ने ठेक्का लिएको यस कम्पनीले अरु खोलाको पुल निर्माण कार्य थलेर मात्रै छोडेको छ। बनाएको पनि भत्किँदा र अरु निर्माणधीन भएकाले बर्खाको समयमा सास्ती झेन्नु परेको स्थानीयको गुनासो रहेको छ। हालसम्मको निरन्तर झरीले मनाङ सदरमुकाम चामेमा बजारमा खोला पसेको छ।
बजारका घरहरु जलमग्न हुना थाले पछि सेना प्रहरी परिचालन गरी बजार वरपर सुरक्षित गर्ने काम भएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकरी दिएका छन्। त्यस्तै सबारी साधान बीचबीचमा अलपत्र अवस्थामा रहेका छन् भने तिमाङको छहरा, च्याम्चेको छहरा लगायत सडकलाई भाषिने सम्भावना बढेको छ।
हिउँदमा हिउँ र बर्खामा बाढी पहिरोले मनाङ बासीले होइरानी झेल्नु परेको छ। अझै कति दिन झरी पर्ने हो थाहा छैन। गत वर्षको एक महिना पहिरोले सतायो। यो वर्ष पनि पुल नै बगाएपछि मनाङबासी चिन्तित भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।